पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक

जनपत्र
४ असार २०८०, सोमबार ०७:५४

पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन्। बलिउड चलचित्र ‘आदिपुरुष’ को संम्बादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो।

पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमबारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो। ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको ब्योहोरा जानकारी गराइन्छ’ नगर प्रमुख धनराज आचार्यले भनेका छन्। जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*