त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ९ पुग्यो, बाढीका कारण वेपत्ताको खोजीमा कठिनाई

सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा नौ जनाको मत्यु भएको छ । उद्धारकर्मीले २४ साउनको अपरान्ह थप ६ जनाको शव फेला पारेपछि मर्नेको संख्या नौ पुगेको हो । यसअघि बसभित्र तीन जनाको शव भेटिएको थियो ।
घटनामा अझै २० जना हराइरहेका छन् । बाढीका कारण नदीमा धमिलो पानीका बाबजुद उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । कुल ४५ जना सवार बसमा १६ जनाको जिवितै उद्धार गरिएको थियो । बसमा ३४ नेपाली र ११ भारतीय सवार थिए ।
सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको सृष्टि डिलक्सको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा २४ साउनको विहान साँढे ३ बजे खसेको थियो । कसान ४२ यात्रु र तीन चालक दलका सदस्य रहेको पुष्टि भएको छ । बसका चालक लक्ष्मण जमरकटेल र सहचालक प्रमोद चौधरी र सहयोगीमा ऋषि उप्रेती थिए ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साँढे ३ बजेको प्रहरमा धेरै यात्रु निदाइरहेकाले मानवीय क्षति बढी भएको हो । बाँचेकाहरु बस खस्दै गर्दा उछिट्टिएका थिए । नदीमा परेकाहरुको मृत्यु भएको र हराइरहेका छन् ।