युरोकप छनोटमा फ्रान्सको लगातार तेस्रो जित

जनपत्र
२ असार २०८०, शनिबार १२:३८

फ्रान्सले युरोकप छनोट खेलमा लगातार तेस्रो जित हात पारेको छ। गए राति भएको खेलमा फ्रान्सले जिब्राल्टारलाई ३-० ले हरायो।

खेलको तेस्रो मिनेटमा नै जिरुडले गोल गर्दै फ्रान्सको खाता खोलेका थिए। यसपछि पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दा फ्रान्सले पहिलो हाफमा २-० को अग्रता बनायो।

खेलको ७८ औं मिनेटमा जिब्राल्टारका मोउलेहीले आत्मघाती गोल गरेपछि फ्रान्सले खेल सजिलै ३-० ले जित्यो।

लगातार तेस्रो जितसँगै फ्रान्स युरोकप छनोट समूह ‘बी’ मा ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*