साउदीः दिउँसोमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध
साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ ।
साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध लगाइएको हो। यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकलाई खुला ठाउँको काममा लगाउन पाइँदैन।
राष्ट्रिय व्याबसायिक व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषद्सँगको सहकार्यमा मन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो। खाडी देश साउदीमा यो तीन महिनाको अबधिमा अत्यधिक गर्मी हुन्छ ।
सो अवधिमा दिउँसोको तापक्रम अधिकतम ५० डिग्री सेन्टिग्रेडसम्म पुग्छ । गोरखापत्रबाट ।







