कोका–कोलाले ल्यायो ‘जिग्री प्याक’

बोटलर्स नेपाल लिमिटेडले २ सय ५० एर्मलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको याक यतिमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो। यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० एमएलको कोका–कोला, स्प्राईट र फान्टा बजारमा पाइन्थ्यो।
उक्त प्याक उपभोक्ता मैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा बोतल भएको र यसलाई कोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको कम्पनीको दाबी छ। यसको अवधि ६ महिनासम्म रहेको छ।
नेपालका लागि कोका-कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीइटी बोतलको लाभ एकै पटक प्रदान गर्ने बताए।
यस्तै बाटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट अफ आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुसी लागेको बताए।