चिर्पटले हानेर बाबुको हत्या

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार १८:५२

झापाको कमल गाउँपालिकामा चिर्पट प्रहार गरी बाबुको हत्या गरिएको छ । कमल गाउँपालिका–१ का ७० वर्षीय सुर्यबहादुर थापालाई ३१ वर्षीय छोरा प्रकाश थापाले चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार बिहान सवा ७ बजे घरायसी विवादका कारण बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा बाबुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारी पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*