नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु

जनपत्र
३१ जेष्ठ २०८०, बुधबार ०७:४८

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ। विवाह समारोहमा उपरिस्थतर भएर फर्किदै गर्दा डुङ्गा दुर्घटना हुँदा ठूलो क्षति भएको हो।

नाइजर राज्यको एग्बोटी गाउँबाट क्वारा राज्यतर्फ फर्किँदै गरेका यात्रु चढेको डुङ्गा नाइजर नदीमा दुर्घटना भएको अलजजिराको खबरमा उल्लेख गरिएको छ।

दुर्घटनामा ६४ जना एउटै गाउँका मानिसको मृत्यु भएको छ भने अन्य ४० जना अर्को गाउँका हुन्।

दुर्घटनाको विषयमा जानकारी ढिलो हुँदा उद्धारको काम हुन नसकेको स्थानीयलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ। सन् २०२१ मा त्यही क्षेत्र आसपासमा भएको डुङ्गा दुर्घटनामा १ सय ६० जनाको मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*