मिस नेपाल नर्थ अमेरिका २०२३ का लागि १८ जनाको नामावली सार्वजनिक

जनपत्र
३० जेष्ठ २०८०, मंगलवार ०७:४३

विश्वकै सम्राट राज्य न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको हो ।

आयोजक सैलेश श्रेष्ठका अनुसार आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म राखिएको थियो । अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिने भएका छन्।

अमेरिकाका र क्यानडाका बिभिन्न राज्यहरुबाट भाग लिनेहरुमा क्रमस आयुशा समाल ओहायो, चादनी जोशी न्यूयोर्क,ईशा सुवेदी ओन्टारियोक्यानडा,ग्रीष्मा गौतम कोलोराडो,झरना लुइटेल ओन्टारियो क्यानडा,जुविली शेर्पा न्यूयोर्क, खुश्वु मण्डल मिनेसोटा, मनिकला गुरूग ओन्टारियो क्यानडा,मेनजिना महर्जन मिनेसोटा, रचना पोखरेल टेक्सस,रेजिला बास्तोला, न्यूयोर्क,रिना श्रेष्ठ टेक्सस, सदिक्षा कार्की भर्जिनिया, सॅस्कृती लम्साल म्यासाचुसेट्स,सृष्ठी राई भरमन्ट, स्मृती श्रेष्ठ टेक्सस, स्नेहा वन, पेन्सेलभेनिया र सुभेक्षा कार्की कोलोराडो रहेका छन ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममै शनिबार हुनेछ । “अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की ,मिरुना मगर ,आयुषमान देशराज जोशी,सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहने छ।

यस पटकको विजेता सिंधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धाको रुपमा भाग लिन पाउने छन् ।
यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षण) हुने भएकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*