अदालतमा प्रहरीकै सामुन्ने हत्या, वकिलको भेषमा आएका व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार
भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ ।
घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट माफिया रहेको बताइएको छ ।
उत्तर प्रदेशको राजधानी हो लखनऊ । त्यहाँ मुख्यमन्त्री कार्यालय, आवास, प्रहरी मुख्यालयदेखि थुप्रै प्रशासनिक संरचना छन् । यस्तो सुरक्षित रहनुपर्ने क्षेत्रमा अदालत परिसरमै हत्याकाण्ड भएपछि थुप्रै प्रश्न खडा गरिएका छन् ।
हत्याकाण्ड भएको ठाउँबाट मुख्यमन्त्री आवास ७ किलोमिटर मात्रै टाढा छ । डीजीपी कार्यालय १० किलोमिटर टाढा रहेको बताइएको छ ।
जीवा पनि आपराधिक दुनियाँमा परिचित नाम हो । उनले विभिन्न व्यापारीलाई अपहरण गरेर फरौती माग्ने गरेका थिए । भारतीय जनता पार्टी ९भाजपा० नेता मायावतीलाई गेस्ट हाउस काण्डमा बचाउने ब्रह्मदत्त द्विवेदीको हत्यामा संलग्न भएपछि जीवालाई जन्मकैद गरिएको छ ।
अदालत परिसरमा आएर जीवाको हत्या गर्ने व्यक्ति १९ वर्षीय विजय यादव छन् । उनी वकिलको भेषमा अदालत प्रवेश गरेका थिए ।एजेन्सी







