बङ्लादेशमा ट्रक र जीप ठोक्किँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

जनपत्र
२५ जेष्ठ २०८०, बिहीबार ०७:०५

बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् ।

राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

बङ्लादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ । खराब सडक र पुराना गाडी तथा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्नु दुर्घटनाका प्रमुख कारण मानिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*