नौ लाख रुपैयाँ घुस रकमसहित पेखरा सडक डिभिजन कार्यालयका प्रमुख पक्राउ

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार ०८:४२

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि कुमार पोखरेल बिहीबार साँझ नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले इन्जिनियर हरि कुमार पोखरेललाई पक्राउ गरेको हो । उनीसँगै इन्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना भान्छेलाई समेत पक्राउ गरिएकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ प्रमुख पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएर त्यहाँबाट भागेका थिए । अख्तियारका अनुसा घुसको सेटिङ मिलाउने काम सडक डिभिजनकै इन्जिनियर पवित्रमणि आचार्यले गरेका थिए । २ जना भान्छेलाई पैसा ओसारपोसारमा संलग्न भएकोले नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

घुस  दिएर भागेका ठेकेदार गौतमलाई प्रहरीले पोखरा-५, मालेपाटनमा रहेकाे उनकै निर्माण कम्पनीबाट नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । घुसका लागि दुई वटा  झोला प्रयाेग गिरएकाे र तीमध्ये एउटामामा ६ लाख र अर्को झोलामा ३ लाख रहेको पनि अख्तियारले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*