सोनीले बनायो मोबाइल भन्दा सानो एसी

जनपत्र
२३ श्रावण २०७६, बिहीबार ०६:१८

जापानको प्रविधि कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो आकारको एयर कन्डिशनर ( एसी) बनाएको छ। यो एसी मानिसले लगाउने सर्टको लागि बनाएको सोनीले बताएको छ।

सोनीले यो एसीको नाम रेओन पकेट राखेको छ। रेओन पकेटले मानिसलाइ २४ सै घण्टा शीतलता प्रदान गरिरहने कम्पनीले दाबी गरेको छ। यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्दन भन्दा तल्लो भागमा लगाउन सक्नेछन। जसका लागि कम्पनीले ब्याग समेत बनाएको छ। रेओन पाकेट एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेकाले धेरै छिट्टो चिसो र तातो बनाउन सक्छ।

यो त्तवको प्रयोग कार कुलर तथा वाइन कुलरमा प्रयोग गर्ने गरिन्छ। यसलाइ कम पावरमा समेत चलाउन सकिन्छ। यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री प्योग गरिएको छ। जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभर चलाउन सकिन्छ। यो एयर कन्डिशनर ब्लूटुथ ५.० एलइ कनेक्टे फोनमा समेत सपोर्ट गर्छ। यो एसी जापानले अहिले आफ्नो देशका लागि मात्रै बनाएको र माग भएमा अरु देशका लागि बनाउने बताएको छ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*