यस्तो गाउँ, जहाँ मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन छन्

जनपत्र
२२ श्रावण २०७६, बुधबार ०६:४१

संसारमा केही यस्ता रहस्यमय ठाउँहरु छन् जसको अद्भुत पहेली पर्गेल्न कसैले सकेको छैन । मेक्सिकोमा एउटा यस्तै रहस्यमय गाउँ छ । यो गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ । नभनियोस् पनि किन ? गाउँका मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन् । यसको पछाडि एउटा गहिरो रहस्य लुकेको छ ।

गाउँको खास नाम टिल्टेपक हो । जोपोटेक आदिवासीका मानिसहरु यो गाउँमा बस्दछन् । गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन् । तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् । गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन् ।

तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन् । मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ । उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ । गाउँको अर्को विशेषता के भने गाउँका घरहरुमा ढोका हुँदैनन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*