मुस्किलले जोगियो जितेन्द्रको ज्यान, समातिए सुटर
विराटनगरका एक व्यापारीको हत्याका लागि पाँच लाख भारुको सुपारी लिएर भारतबाट आएका सुटर पक्राउ परेका छन् । विराटनगर हाटखोलाका जितु भनिने जितेन्द्र रायको हत्याका लागि भारु पाँच लाखको डिल गरेका दुई जना सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा र साफसुटर कुलानकुमार सिंह छन् ।







