विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने

जनपत्र
९ जेष्ठ २०८०, मंगलवार ०७:०४

आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालको २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा रहेका छन् । नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।

विश्व कप छनोट प्रतियोगितामा दश देशको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । विश्व कप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्व कप छनोटमा स्थान पक्का गरेका छन् ।

१३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान सिधा विश्व कपका लागि छनोट भइसकेका छन् ।

विश्व कप छनोटमा लिग–२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्व कप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्व कप छनोटमा पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*