कोलकातालाई हराउँदै प्लेअफमा पुग्यो लखनऊ, पहिलो क्वालिफायरमा धोनी–हार्दिकको भिडन्त

जनपत्र
७ जेष्ठ २०८०, आईतवार ०६:५४

लखनऊ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्दै आईपीएल २०२३ को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

शनिवार राति ईडन गार्डेन्समा खेलिएको रोमाञ्चक खेलमा लखनऊले कोलकातालाई जीतका लागि १७७ रनको लक्ष्य दिएको थियो, तर कोलकाताले रिंकू सिंहको उत्कृष्ट अर्धशतकका बावजूद लक्ष्यसम्म पुग्न सकेन ।

अर्कोतिर यो जीतका बावजूद लखनऊ अंकतालिकामा चेन्नई सुपर किङ्सभन्दा अगाडि बढ्न सकेन र तेस्रो स्थानमा रहन बाध्य भयो ।
चेन्नईको नेट–रनरेट लखनऊको तुलनमामा राम्रो रह्यो । फलस्वरुप अब पहिलो क्वालिफायर प्रतिस्पर्धामा यही जेठ ९ गते मंगलबार चेन्नई सुपर किङ्स तथा गुजरात टाइटन्सका बीच प्रतिस्पधा हुनेछ ।

अर्कोतिर लखनऊ सुपर जाइन्ट्सले एलिमिनेटर खेल जेठ १० गते बुधवार खेल्ने छ ।

शनिवारको मुटु दुखाउने हारसंगै कोलकाताको टीम प्लेअफको दौडबाट बाहिरिएको छ ।

शनिबारको खेलमा १७७ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गरेको थियो । जेसन रोय तथा वेंकटेश अय्यरले पावरप्ले ९५।५ ओभर० मा ६१ रनको साझेदारी गरे ।

कृष्णपप्पा गँैतमले वेंकटेश अय्यरलाई आउट गर्दै यो साझेदारी तोडे । वेंकटेशले १५ बलमा २४ रन बनाए । त्यसपछि कोलकाताले कप्तान नीतीश राणा तथा जेसन रोयको विकेट पनि गुमायो । रोयले २८ बलमा ४५ रन बनाए, जसमा सात चौका तथा एक छक्का समावेश छ । राय आउट भएपछि कोलकाताको इनिङ धरमराउन थाल्यो र उसले नियमित अन्तरालमा विकेट गुमाइरह्यो ।

१३६ रनमा सात विकेट गुमाएको कोलकाता लक्ष्यभन्दा निकै टाढा रहने अनुमान गरिएको थियो, तर रिंकू सिंहले पुनः एक पटक विष्फोटक ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याए ।

अन्तिम ओभरमा कोलकातालाई जीतका लागि २१ रन बनाउनु पर्ने थियो, तर पहिलो तीन बलमा तीन रन मात्र बन्यो । अन्तिम तीन बलमा कोलकाताले जीतका लागि १८ रन बनाउनु पर्ने थियो, तर रिंकू सिंहले १६ रनमात्र बनाउन सफल भए र कोलकाताले एक रनले यो खेल गुमायो । रिंकू सिंहले ३३ बलमा अविजित ६७ रन बनाए, जसमा छ चौका तथा चार छक्का समावेश छन् ।

यसअघि टस हारेर ब्याटिङ गर्न मैदानमा आएको लखनऊले ८ विकेटको क्षतीमा १७६ रन बनायो । लखनउका लागि निकोलस पूरनले सर्वाधिक ५८ रनको योगदान दिए । लखनऊका लागि क्वान्ट डि ककले २८, प्रेरक मान्कन्डले २६, आयूष बदोनीले २५ रन बनाए ।
कोलकाताका वैभव अरोरा, शार्दुल ठाकुर तथा सुनिल नारैनले समान दुई विकेट लिए ।

आईपीएलमा आज आइतबार दिउँसो ३ः४५ बजे मुम्बई इन्डियन्स तथा सनराइजर्स हैदराबादबीच खेल हँुदैछ भने राति ७ः४५ बजे रोयल च्यालेञ्जर्स बेंग्लोर तथा गुजरात टाइटन्सबीच खेल हुनेछ ।

आजको खेलपछि आरसीबी, मुम्बई तथा रोयल च्यालेञ्जर्समध्ये एउटा टीम प्लेअफमा पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*