ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए

जनपत्र
२९ बैशाख २०८०, शुक्रबार १४:५०

बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए।

तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। शुक्रबार बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।

उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ।

बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै राम्रो ‘कलेक्सन’ गर्न सकेनन्। आमिरको मूख्य भूमिका रहेको ‘ठग्स अफ हिन्दोस्तान’ ९२०१८० र ‘लाल सिंह चड्डा’ ९२०२२० कलेक्सनको मामिलामा ‘असफल’ रहे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*