अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने

जनपत्र
२५ बैशाख २०८०, सोमबार ०८:०३

साउदी अरबबाटै पुनस् श्रम स्वीकृति सुरु गरिने भएको छ। रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनस् श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको हो ।

दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको कागज भएकाले सो भिसाको प्रतिलिपि, बिदा समाप्त हुने अवधि खुलेको कागजात, रि इन्ट्री भिसा नभएकाले इकामाको म्याद खुलेको निस्सा वा एव्सोरबाट ईकामाको म्याद देखिने गरी स्कृनसट गरिएको फोटो अपलोड गर्न आग्रह गरेको छ ।

यसैगरी यस अगाडि श्रम स्वीकृति लिँदाको र हाल कार्यरत रहेको कम्पनी फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्र र सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्रको निस्सा अपलोड गर्नुपर्नेछ ।

घरेलु कामदारको रुपमा कार्यरत व्यक्तिले माथि भनिएका कागजातका अलावा कफिलको परिचयपत्र अर्थात कफिलको आइडी, तलव, भत्ता लगायतका अन्य सेवासुविधा खुलेको करार सम्झौता तथा स्वघोषणा फारम भरेर बुझाउनु पर्ने दूतावासले जनाएको छ ।

यसअघि कतारस्थित नेपाली दूतावासले पनि दूतावासबाट नै पुनस् श्रम स्वीकृति दिन सुरु गरिसकेको छ। नेपाल सरकारको निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*