हेटौंडामा ५० हजार रुपैयाँ घुस रकम सहित अधिकृत पक्राउ

जनपत्र
१९ श्रावण २०७६, आईतवार २०:२५

हेटौंडा । अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले ५० हजार रुपैयाँ घुस रकम सहित एक जना कर्मचारीलाई आज पक्राउ गरेको छ । प्रदेश नम्बर ३ को उद्योग, बाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौ तहका अधिकृत चन्दन कुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो । उद्योग दर्ताको लागि आईई प्रतिबेदन स्वीकृतीका लागि ५० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका सुचना अधिकारी देब कुमार राईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*