विश्वभर ७० लाख व्यक्तिको ज्यान लिएको कोरोना महामारी अन्त्य भएको डब्ल्यूएचओको घोषणा

जनपत्र
२३ बैशाख २०८०, शनिबार ०७:२७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारी अन्त्य भएको घोषणा गरेको छ ।

डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अदनोम घेब्रेयसले संगठनको आपतकालीन समितिको बैठकले कोरोना महामारी अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘कोरोना महामारी र आपतकालीन अवस्थाको अन्त्य भए पनि कोरोना रोगका रूपमा भने कायमै रहेको छ ।’

डब्ल्यूएचओले ३० जनवरी २०२० मा कोरोना महामारीको घोषणा गरेको थियो । त्यसयता कोरोनाका कारण विश्वभर ७० लाख व्यक्तिको मृत्यु भएको छ ।

चीनको वुहानबाट निमोनियाका बिरामीमा देखिने लक्षण जस्तो संक्रमण कोरोना भाइरसका रूपमा विश्वभर फैलिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*