सुडानमा युद्धविराम पालना भएन, सशस्त्र द्वन्द्व कायमै

जनपत्र
२२ बैशाख २०८०, शुक्रबार ०७:१०

सुडानमा युद्धविराम भए पनि अझै सशस्त्र द्वन्द्व चलिरहेको छ । प्रत्यक्षदर्शीहरूले राजधानी खार्तुमको सडकमा ठूलो विस्फोट र बन्दुकको आवाज सुनेको बताएका बीबीसी हिन्दीले जनाएको छ ।

राजधानी खार्तुमको छेउमा रहेको ओमदुरमान र बहरी सहरबाट पनि गोलाबारी भएको खबरमा उल्लेख छ। द्वन्द्व चलिरहेकाले युद्धविरामलाई प्रश्नको घेरामा राखिएको छ । सुडानमा हिजोदेखि सात दिने युद्धविरामको घोषणा भएको थियो।

संयुक्त राष्ट्र सङ्घीय सहायता निकाय यूएनएडका प्रमुख मार्टिन ग्रिफिथ्सले युद्ध जारी राख्न दुवै पक्षको जिद्दीले यो द्वन्द्वलाई विश्वव्यापी प्रकोपमा परिणत गर्ने खतरा रहेको बताउनुभएको छ । यसैबीच सुडानको सेनाले हिजोदेखि सात दिने युद्धविरामलाई सम्मान गर्ने बताए पनि प्रतिद्वन्द्वी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सुडानको सेनाले र्यापिड सपोर्ट फोर्सबाट बरामद गरिएका सैन्य गाडी र हतियारको तस्बिर सार्वजनिक गरेको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*