आदिवासी जनजाति आयोगका अध्यक्षद्वारा संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चमा अधिवेशन सम्बोधन

जनपत्र
१६ बैशाख २०८०, शनिबार ०६:५७

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित अधिवेशनमा नेपाललाई प्रतिनिधित्व गर्दै आयोगका अध्यक्ष मगरले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका छन् । अध्यक्ष मगरले आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकर्कामा जोडिएको भन्दै आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठन पक्ष राष्ट्र रहेको भन्दै महासम्धी नम्बर १६९ अनुरूप संयुक्त राष्ट्रसंघद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्द्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकल सेल एनिमिया’ रोगको समस्यासमेत संयुक्त राष्ट्रसंघको मञ्चमा उठाएका छन् ।

विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय ‘सिकल सेल एनिमिया’बाट प्रभावित रहेको भन्दै संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चले यो विषयमा सोच्नुपर्ने बताएका छन् ।

यसै अधिवेशनलाई केही दिन अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पनि सम्बोधन गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*