फ्लाई दुबईका चालकको आयो जवाफ : निर्देशिका पालना गरिएको दाबी

जनपत्र
१४ बैशाख २०८०, बिहीबार ०७:३२

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको फ्लाई दुबईका चालकदलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घटनाको विवरण जानकारी दिएको छ। विमानस्थलको धावनमार्ग छाडेलगत्तै इन्जिन नं. २ (दायाँ इन्जिन)मा मुस्लोसहितको आगोको झिल्का देखिएको जहाज कसरी सकुशल दुबई पुग्यो रु किन काठमाडौँमै जहाज अवतरण गरिएन रु भन्ने आम चासो र जिज्ञासाबीच चालकदलले घटनाबारे प्राधिकरणलाई जानकारी गराएको हो।

दुबईको गभन्र्मेन्ट अफ फ्लाई दुबई मिडिया अफिसले जहाज दुबईमा अवतरण हुनुअघि नै इन्जिनमा चरा ठोक्किएको दाबी गरेको थियो। प्राधिकरणले उक्त दाबी भ्रमपूर्ण रहेको भन्दै स्पष्ट पार्न हवाई कम्पनीलाई स्पष्टीकरण सोधेपछि चालकदलले जहाज नेपाली आकाशमै हुँदा विमानस्थल टावर ९एटीसी०ले विमानस्थलको धावनमार्गमा चराको प्वाँख भेटिएको जानकारी पाएपछि जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको उक्त पत्रमा उल्लेख छ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कुनै पनि आपत्कालीन अवस्थामा विमानस्थल बन्द भई पुनः सुचारु गर्नुअघि अनिवार्य धावनमार्गको निरीक्षण गरिन्छ। आपत्कालीन अवस्था हटेसँगै अन्य उडान खोल्न धावनमार्ग उडानयोग्य (क्लियर टु फ्लाई) रहेको टावरलाई जानकारी गराएपछि मात्रै उडान सुचारु हुने निर्देशिकाअनुसार स्थलगत निरीक्षणका क्रममा धावनमार्गमा चराको प्वाँख देखिएको टावरको जानकारीमा आएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “फ्लाई दुबईले आपत्कालीन सूचना टावरलाई गराएपछि ९स्२० मा विमानस्थलमा अन्य उडान बन्द गरिएको थियो। जहाजले ९स्५० मा प्राविधिक समस्या समाधान भई गन्तव्यतर्फ गइरहेको सूचना दिएपछि बन्द विमानस्थल खोल्नुअघि धावनमार्ग निरीक्षण गरिएको थियो। दोस्रो दिन बिहान पनि धावनमार्ग निरीक्षण गर्दा जहाजमा चरा ठोक्किएको पुष्टि हुने कुनै आधार भेटिएन। उता दुबईमा गरिएको जहाजको निरीक्षणमा पनि चरा ठोक्किएको कुनै सङ्केत भेटिएको छैन।”

चालकदलले इन्जिनमा समस्या आएपछि दायाँ इन्जिनको पछाडि हुने इन्जिन ग्यास टेम्प्रेचर ९ईजीटी०मा खराबी देखिँदा ककपिटभित्रै ठूलो आवाज सुनिएको र लगत्तै काठमाडौँ एयरपोर्टका एटीसी ९एयर ट्राफिक कन्ट्रोलर०लाई समस्यामा परेको जानकारी गराइएको उल्लेख छ। दायाँ इन्जिनमा खराबी आएपछि बायाँ इन्जिनको मद्दतमा जहाजले उचाइ लिन नछाडेको र विमानस्थलमै फर्केर अवतरण गर्न सहायता मागसमेत गरिरहँदा इन्जिनमा आगलागी हुँदा तत्काल अपनाउनुपर्ने निर्देशिकाको पालना गरेको चालकदलले जनाएको छ।

जहाज २० हजार फिटको उचाइमा पुगेपछि धादिङमाथिको आकाशमा ६६० किलोमिटर प्रतिघण्टाको गतिमा जहाजलाई १४ मिनेटसम्म फन्को लगाई सबै प्यारामिटर जाँच गर्दै दुबईमा एमसीसी ९मेन्टिनेन्स कन्ट्रोल सेन्टर०मा सम्पर्क गरेको चालकदलले जनाएको छ। त्यहाँबाट आएका सुझावअनुसार प्यारामिटरको सूक्ष्म निरीक्षण गर्दा जहाजमा देखिएका समस्या समाधान भएपछि दुबई जाने निर्णय गरी गन्तव्यतर्फ उडेको जानकारी गराएको उल्लेख छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*