रुस–युक्रेन युद्धपछि सैन्य खर्चमा बढोत्तरी : २०२२ मा वैश्विक सैन्य खर्च २२ खर्ब ४० अर्ब अमेरिकी डलर

३० वर्षयता युरोपको पनि सैन्य खर्च बढेको छ । रुस–युक्रेन युद्धपछि युरोपले सैन्य खर्च १३ प्रतिशत बढाएको छ ।
जनपत्र
१४ बैशाख २०८०, बिहीबार ०७:१९

२०२२ मा विश्वमा कुल सैन्य खर्च ३.७ प्रतिशतले बढेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)को अनुसन्धान २०२२ अनुसार वैश्विक सैन्य खर्च २२ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको छ । रुस–युक्रेन युद्धले दुवै देशको सैन्य खर्च धेरै बढेको छ ।

अमेरिका, चीन र रुसको सैन्य खर्च जोड्दा तीन देशले कुल वैश्विक सैन्य खर्चको ५६ प्रतिशत ओगटेका छन् । ३० वर्षयता युरोपको पनि सैन्य खर्च बढेको छ । रुस–युक्रेन युद्धपछि युरोपले सैन्य खर्च १३ प्रतिशत बढाएको छ ।

अमेरिका विश्वको सबैभन्दा धेरै सैन्य खर्च गर्ने मुलुक हो । अमेरिकाले सन् २०२२ मा आठ खर्ब ७७ अर्ब अमेरिकी डलर सैन्य खर्च गरेको छ, जुन कुल वैश्विक सैन्य खर्चको ३९ प्रतिशत हो भने चीनको कुल सैन्य खर्चको तेब्बर हो ।

‘सन् २०२२ मा अमेरिकाको सैन्य खर्च बढ्नुको कारण युक्रेनलाई उसले प्रदान गरेको आर्थिक सैन्य सहायता हो,’ सिप्रीका वरिष्ठ अनुसन्धानकर्ता डा। नान टियानले भनेका छन् ‘अमेरिकी खर्चको मापन हेर्दा प्रतिशतमा सानो वृद्धिले पनि विश्वव्यापी सैन्य खर्चको स्तरमा महत्वपूर्ण प्रभाव पार्ने हुन्छ ।’

सन् २०२२ मा युक्रेनलाई अमेरिकी आर्थिक सैन्य सहायता १९ अर्ब ९० करोड डलर थियो । शीतयुद्धपछि कुनै पनि मुलुकले अर्को मुलुकलाई दिएको यो सबैभन्दा ठूलो सैन्य सहायता हो । कुल अमेरिकी सैन्य खर्चको २।३ प्रतिशत युक्रेनमा पुगेको छ ।

सन् २०२२ मा अमेरिकाले सैन्य अप्रेसन र मर्मतसम्भारमा दुई खर्ब ९५ अर्ब, खरिद र अनुसन्धान विकासका लागि दुई खर्ब ६४ अर्ब तथा चालू खर्च एक खर्ब ६७ अर्ब डलर खर्च गरेको छ ।

चीन विश्वको सबैभन्दा धेरै सैन्य खर्च हुनेमध्ये दोस्रो मुलुक हो । सन् २०२२ मा चीनको सैन्य खर्च दुई खर्ब ९२ अर्ब डलर पुगेको छ जुन अघिल्लो वर्ष २०२१ को तुलनामा ४।२ प्रतिशत वृद्धि हो र २०१३ भन्दा ६३ प्रतिशत बढी हो । चीनको सैन्य खर्च २८ वर्षदेखि निरन्तर बढ्दै आएको छ ।

रुसको सैन्य खर्च २०२२ मा ९।२ प्रतिशत बढेर करिब ८६ अर्ब ४० करोड डलर पुगेको छ । यो सन् २०२२ मा रुसको जिडिपीको ४।१ प्रतिशत हो, जब कि २०२१ मा रुसको सैन्य खर्च ३।७ प्रतिशत थियो ।

भारतको सैन्य खर्च ८१ अर्ब ४० करोड डलर पुगेको छ । यो विश्वको चौथो ठूलो सैन्य खर्च हो । सन् २०२१ भन्दा २०२२ मा ६ प्रतिशत सैन्य खर्च वृद्धि हो ।

युक्रेनलाई सैन्य सहायता र रुसबाट बढ्दो खतराको चिन्ताले पूर्वी एसियामा तनाव बढेको तथा धेरै राज्यको खर्च कटौतीको निर्णयमा प्रभाव पारेको सिप्रीले जनाएको छ । ‘हालैका वर्षहरूमा विश्वव्यापी सैन्य खर्चमा भएको निरन्तर वृद्धि हामी बढ्दो असुरक्षित विश्वमा बाँचिरहेका छौँ भन्ने संकेत हो,’ सिप्रीको सैन्य खर्च र हतियार उत्पादन कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता डा। नानटियानले भनेका छन्, ‘राज्यहरूले बिग्रिँदै गएको सुरक्षा वातावरणको प्रतिक्रियामा सैन्य शक्तिलाई बढावा दिइरहेका छन् । यो अवस्थाको सुधार निकट भविष्यमा हुने सम्भावना छैन ।’

पश्चिम र मध्य युरोपको सैन्य खर्च गत वर्ष तीन खर्ब ४५ अर्ब पुगेको छ । सन् २०१३ यता अर्थात् एक दशकपछि ३० प्रतिशत बढेको हो । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसको हमलापछि युरोपका कतिपय मुलुकको सैन्य खर्च बढेको र कतिपय देशले सैन्य खर्च बढाउन खोजेको सिप्रीको प्रतिवेदनमा छ । फिनल्यान्डले ३६ प्रतिशत, लिथुवानियाले २७ प्रतिशत, स्विडेनले १२ प्रतिशत र पोल्यान्डले ११ प्रतिशत सैन्य खर्च बढाएका छन् ।

युक्रेनको सैन्य खर्च ६४० प्रतिशत वृद्धि भएर ४४ अर्ब डलर पुगेको छ । सिप्रीका अनुसार कुनै मुलुकको सैन्य खर्चमा सबैभन्दा वृद्धि भएको यो पहिलोपटक हो । यो सन् २०२२ मा युक्रेनको कुल गार्हस्थ्य उत्पादनको ३४ प्रतिशत हो ।

एसिया तथा ओसिनिया मुलुकको सैन्य खर्च पाँच खर्ब ७५ अर्ब पुगेको छ । यो सन् २०२१ भन्दा २।७ प्रतिशत र एक दशकपछि ४५ प्रतिशत वृद्धि हो । सन् १९८९ पछि निरन्तर वृद्धि हो ।

जापानको सैन्य खर्च २०२२ मा अघिल्लो वर्षभन्दा ५।९ प्रतिशत बढेर ४६ अर्ब डलर पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको १।१ प्रतिशत हो । यो सन् १९६० पछि जापानको उच्च सैन्य खर्च हो । जापानले २०२२ मा नयाँ राष्ट्रिय सुरक्षा रणनीति प्रकाशित गरेको थियो जहाँ उसले चीन, उत्तर कोरिया र रुसबाट सुरक्षा जोखिम बढ्दै गएको उल्लेख गरेको छ ।

नेटो सदस्यहरूको कुल सैन्य खर्च १२ खर्ब ३२ अर्ब पुगेको छ । यो सन् २०२१ भन्दा ०।९ प्रतिशत हो ।

मध्य र पश्चिम युरोपको सबैभन्दा बढी सैन्य खर्च बेलायतको हो । उसले सन् २०२२ मा ६८ अर्ब ५० करोड सैन्य खर्च गरेको छ । बेलायतले कुल सैन्य खर्चमध्ये दुई अर्ब ५० करोड डलर युक्रेनलाई दिएको छ । टर्कीको भने सैन्य खर्च २६ प्रतिशत घटेर सन् २०२२ मा १० अर्ब ६० करोड पुगेको छ ।

यद्यपि, इथियोपियाको सैन्य खर्च भने अघिल्लो वर्षभन्दा २०२२ मा ८८ प्रतिशत बढेर एक अर्ब डलर पुगेको छ । सरकारले स्थानीय विद्रोही समूहलाई दबाउन भारी मात्रामा सैन्य खर्च वृद्धि गरेको सिप्रीको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष पश्चिम र मध्ययुरोपको सैन्य खर्च तीन खर्ब ४५ अर्ब

पश्चिम र मध्ययुरोपको सैन्य खर्च गत वर्ष तीन खर्ब ४५ अर्ब पुगेको छ । सन् २०१३ यता अर्थात् एक दशकपछि ३० प्रतिशत बढेको हो । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसको हमलापछि युरोपका कतिपय मुलुकको सैन्य खर्च बढेको र कतिपय देशले सैन्य खर्च बढाउन खोजेको सिप्रीको प्रतिवेदनमा छ । फिनल्यान्डले ३६ प्रतिशत, लिथुवानियाले २७ प्रतिशत, स्विडेनले १२ प्रतिशत र पोल्यान्डले ११ प्रतिशत सैन्य खर्च बढाएका छन् ।नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*