रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि वार्ता आवश्यक : ब्राजिलका राष्ट्रपति सिल्भा

जनपत्र
१० बैशाख २०८०, आईतवार ०७:१६

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले समस्याको समाधान वार्ताबाटै खोजिनुपर्नेमा जोड दिनुभएको हो ।

राष्ट्रपति सिल्भाले युद्धको लागि किएभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा किएभलाई गोलाबारुद आपूर्ति गर्न आफूहरु पश्चिमी देशहरुसँग सामेल नभएको प्रस्ट पार्नुभएको छ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग लिस्बनमा भएको भेटपछि उहाँले आफूहरु वार्ताद्वारा नै राजनीतिक समाधानको समर्थन गर्ने बताउनुभयो । यसअघि गएको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका उहाँले अप्रिल महिनाको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि रुस–युक्रेन युद्धको विषयमा छलफल गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*