भारतमा कांग्रेस सांसदको साढे १७ करोडको सम्पत्ति जफत
भारतमा मनी लन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले सांसद कार्ति चिदम्बरमको साढे १७ करोडको सम्पत्ति जफत गरेको छ ।
भारतीय कांग्रेसका सांसद चिदम्बरमले अवैध धन आर्जन गरेको आरोपमा सम्पत्ति जफत गरिएको हो ।
चिदम्बरमको कार्यकालमा भएको अवैध धन आर्जन जफत गर्ने आदेशपछि उनको सम्पत्ति जफत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।