रियल र मिलान सेमिफाइनलमा

जनपत्र
६ बैशाख २०८०, बुधबार ०७:०३

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र एसी मिलानले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरेका छन् । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल यी दुई टिम एक आपसमा २१ पल्ट च्याम्पियन रहेका छन् ।

क्वार्टरफाइनल दोस्रो लेगको स्टायमफोर्ड ब्रिजमा भएको खेलमा रियलले चेल्सीलाई २–० ले हरायो । दुवै गोल रोड्रिगोले गरे । यससँगै रियलले समग्रमा ४(० को अग्रता लिन सफल रह्यो ।

नेपल्समा भएको अर्को खेलमा मिलान र नेपोलीले १–१ को बराबरी खेले । यस खेलमा दुवै टिमले एक एक पेनाल्टीमा गोल गर्न चुके । मिलानले ओलिभर जिरोडको गोलले अग्रता लिएको थियो ।

खेलको अन्त्यतिर नेपोलीका लागि भिक्टर ओसिमहेनलले बराबरी गोल फर्काए । यससँगै मिलान २–१ को अग्रता लिन सफल रह्यो । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*