च्याम्पियन्स लिग : रियल र मिलानलाई अग्रता प्राप्त

जनपत्र
३० चैत्र २०७९, बिहीबार ०६:५७

यल म्याड्रिड र एसी मिलानले युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगमा बुधबार अग्रता लिएका छन् । रियलले बर्नाबाउमा भएको खेलमा चेल्सीलाई २–० ले हरायो ।

त्यसमा करिम बेन्जेमाले सुरुमै गोल गरेपछि मार्को एसेन्सोले दोस्रो गोल थपे । खेलको अन्त्यमा चेल्सी दस खेलाडीमा सीमित हुनु परेको थियो । उसका वेन चिलवेल रातो कार्ड खाएर ५९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे ।

मिलानले भने सानसिरोमा भएको खेलमा अर्को इटालीको क्लब नेपोलीलाई १–० ले हराएको हो । त्यसमा इस्माएल बेनेसरले पहिलो हाफमा निर्णायक गोल गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*