ट्विटर खरिद गर्नु निकै कष्टकर रह्यो: इलोन मस्क

जनपत्र
३० चैत्र २०७९, बिहीबार ०६:५२

ट्विटरको स्वामित्व लिने कार्य पीडादायी एवं एकदमै उतारचढावपूर्ण रहेको इलोन मस्कले बीबीसीसँगको निकै छोटो समयको तयारीमा लिइएको अन्तर्वार्तामा बताएका छन्। यी अर्बौँपति उद्यमीले सही क्रेता भेटिए आफू ट्विटर बेच्न इच्छुक रहेको समेत बताएका छन्।

कार उत्पादक टेस्ला र रकेटसम्बन्धी काम गर्ने कम्पनी स्पेस एक्सका मालिक मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका थिए।

स्यान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयबाट प्रत्यक्ष प्रसारण गरिएको अन्तर्वार्तामा व्यापक कर्मचारी कटौती, मिथ्या सूचना र उनको काम गर्ने शैलीको बारेमा चर्चा गरिएको थियो। बिबिसी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*