गाडीबाट सामान चाेर्ने चार जना पक्राउ

जनपत्र
१८ श्रावण २०७६, शनिबार ०७:४०

वर्ल्डलिंंक कम्युनिकेशनको विभिन्न कार्यालयका लागि ल्याइएको १६ लाख असी हजार बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ का २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी तथा जुम्लाको सिंजा धाफा ३ घर भएर हाल काठमाण्डौ सीतापाइला बस्ने २५ वर्षीय हरि शर्मा रहेका छन् ।

चितवन, हेटौंडा र बुटवललगायतका वर्ल्डलिंंकका शाखा कार्यालयमा पठाउने क्रममा उनीहरुले गएको साउन ८ गते शंखमूलबाट ती सामानहरु लाेड गरिएकाे गाडीबाट चोरी गरेका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट बिहीबार चोरी गरिएका सामानसहित उनीहरुलापक्राई गरेको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*