फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना
फुटबलको फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।
पछिल्लो ६ वर्षमा अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।
यस अघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना विश्वकप जितेपछि खेलेका दुई मैत्रीपूर्ण खेल जितेपछि एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
वरियताको दोस्रो स्थानमा फ्रान्स रहेको छ भने तेस्रो स्थानमा ब्राजिल रहेको छ ।
यसैगरी, बेल्जियम चौथो स्थानमा कायम रहेको छ भने इङल्याण्ड पाँचौं, नेदरल्याण्डस छैटौं, क्रोसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं र स्पेन दशौँ स्थानमा रहेको छ ।






