सैन्य आक्रमणमा दुई प्यालेस्टाइनीको हत्या
इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा सैन्य आक्रमणको क्रममा दुई प्यालेस्टाइनीको हत्या भएको छ । यस वर्ष मारिएका प्यालेस्टाइनीको कुल संख्या ९४ पुगेको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नाब्लसमा दुईजना नागरिकको गोली लागेर मृत्यु भएको छ।
प्यालेस्टिनी समाचार एजेन्सीले मोहम्मद अबु बकर अल–जुनैदी र मोहम्मद सईद नासेरको रूपमा पहिचान गरेको दुई व्यक्तिलाई इजरायली सेनाले फेबु्रअरीमा हुवारामा दुई इजरायलीहरूलाई मारेको आक्रमणमा संलग्न भएको आरोप लगाएको थियो ।
प्यालेस्टिनी रेड क्रिसेन्टका प्रमुख अहमद जिब्रिलले बिहान इजरायली सेनाले प्रहार गरेको अश्रु ग्यासका कारण अल–मखफियेह छिमेकमा दर्जनौं व्यक्ति घाइते भएको बताए ।
इजरायली सेनाले आफ्नो सेनाले करिब साढे दुई घण्टासम्म चलेको आक्रमणको क्रममा गोली चलाएको बताएको छ ।अल्जजिरा







