न्यूक्यासलले म्यानचेस्टर युनाइटेडलाई हरायो

जनपत्र
२० चैत्र २०७९, सोमबार ०६:१८

ईङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा न्यूक्यासलले दोस्रो खेलमा दुवै गोल गरेको थियो । न्यूक्यासलका लागि जो विललक र कलुम विल्सनले एक एक गोल गरेका थिए ।

यो जितपछि न्युक्यासल युनाइटेड प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । न्यूक्यासलको २७ खेलमा ५० अंक भएको छ । त्यस्तै २७ खेलमा ५० अंकनै भएको म्यानचेस्टर युनाइटेड गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*