सेनाको दुई हेलिकप्टर एकापसमा ठोक्किए

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार ०८:१०

अमेरिकी सेनाको दुई हेलिकप्टर एकापसमा ठोक्किए दुर्घटना भएको छ ।

अमेरिकाको मध्यपूर्व राज्य केन्टकीमा दुई वटा हेलिकप्टर एकापसमा ठोकिदा नौ अमेरिकी सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नियमित अभ्यासका क्रममा एचएच-६० ब्ल्याकहक हेलिकप्टर बुधबार राति एकापसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

ब्ल्याकहक हेलिकोप्टरका रहेका सबैको दुर्घटनामा मृत्यु भएको छ। हेलिकप्टरहरू मेडिकल इभ्याकेसन एयरक्राफ्ट थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*