पाभार्डको गोलमा फ्रान्सको लगातार दोस्रो जित

जनपत्र
१४ चैत्र २०७९, मंगलवार ०७:४७

बेन्जामिन पाभार्डको एक मात्र गोल मद्दतमा फ्रान्सले युरोकप २०२४ को छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

समूह बी अन्तर्गत सोमबार रात भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई १-० ले पराजित गरेको हो । डब्लिनस्थित अभिभा स्टेडियममा भएको खेलमा पाभार्डले ५०औ मिनेटमा गोल गरेका थिए ।

समूह बी मा लगातार दोस्रो जितपछि फ्रान्स ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

फ्रान्सले यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

समूह बी कै अर्को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ३(० ले पराजित गरेको छ । नेदरल्याण्ड्सको यो पहिलो जित हो ।

नेदरल्याण्ड्सका लागि नाथन एकेले ५०औं र ८२औं मिनेटमा गोल गरे । यस्तै मेम्फिस डिपाएले २३औं मिनेटमा गोल गरे ।

जिब्राल्टरका लियम वाल्करले ५१औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा रहेर खेलेको थियो ।

युरोकप छनोट अन्तर्गत समूह एफमा अष्ट्रियाले इस्टोनियालाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

यस्तै यसै समूहमा स्वीडेनले अजरवैजानलाई ५-० ले हराएर पहिलो जित निकालेको छ ।

समूह ई मा पोल्याण्डले अल्वानियालाई १-० ले हराएर पहिलो जित निकालेको छ भने यसै समूहको अर्को खेलमा चेक रिपब्लिक मोल्दोभासँग गोलरहित बराबरीमा रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*