मकवानपुरको ईन्द्रशरोबरका बाढीपहिरो पीडितलाई खाद्यान्न र लत्ताकपडा

जनपत्र
१६ श्रावण २०७६, बिहीबार १८:२५

 ईन्द्रशरोबर / नेपाली कांग्रेस मकवानपुरले ईन्द्रशरोबर गाउँपालिकाका बाढीपहिरो पीडितलाई बिहिवार राहतस्वरूप खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई नेपाली कांग्रेस मकवानपुरको संयोजनमा खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको ।

नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक जवान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख अातिथ्यतामा भएको राहात वितरण कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका सभापति अानन्दराम पराजुली, ईन्द्रशरोबर महिला संघ संयोजक निर्मला रुम्बाले बोल्नुभएको थियो ।

कांग्रेसको संयोजनमा भएको राहात वितरणमा नेपाल लोकतान्त्रिक व्यापार संघ अध्यक्ष काब्यमणी अधिकारी, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, ब्यवसायी तथा समाजसेवीहरु सुदर्शन खरेल, अनिल अग्रवाल, नवराज न्यौपाने, भागवत अवस्तीलगायतले सहयोग गर्नुभएको थियोे । ईन्द्रशरोबर गाउँपालिकाकाे ५ वडाका पूर्ण क्षति रअांशिक क्षति भएका १ सय ६१ घरपरिवार बाढीपहिरो पीडितहरुलाई एकबोरा चामल, त्रिपाल, दाल, नुन, तेल , सिरकडस्ना, लत्ताकपडा, भाडाकुडालगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।

राहातसामाग्री वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस क्षेत्रीय सल्लाहकार उत्सव ईटेनी, थाहानगर उपसभापति भरत गोपाली, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, विकाश बलामी, कृष्ण बलामी, बिष्णु कार्की, समाजसेवीहरु सुरेन्द्रमान प्रधान, हरिकुमार लामा, काजेन्द्र परियारलगायतको उपस्तिथि रहेको थियो । यसअघि कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका परिवारहरुलाई प्रतिपरिवार २५ हजारका दरले राहात रकम वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*