वर्षौँको तिक्ततापछि इरानका राष्ट्रपतिलाई साउदीको निम्तो

जनपत्र
६ चैत्र २०७९, सोमबार ०७:०६

इरानका राष्ट्रपति इब्राहिम रायसीलाई साउदी अरबले भ्रमणका लागि आमन्त्रण गरेको छ । करिब दश दिनअघि दुवै प्रतिद्वन्द्वीले कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएका थिए ।

साउदी अरेबको तर्फबाट अहिलेसम्म केही जानकारी नदिए पनि राष्ट्रपति रायसीले साउदीको निमन्त्रणालाई स्वागत गरेको इरानी अधिकारीहरूले बताएका छन्। सन २०१६ मा साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरू साउदी अरबको दूतावासमा प्रवेश गरेका थिए । त्यसपछि साउदीले इरानसँग सम्बन्ध तोडेको थियो । अब फेरि दुवै देशले दूतावास खोल्ने सहमति गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*