मदिराजन्य वस्तु ओसारपसारमा साउदीको जेल पर्दै नेपाली

जनपत्र
६ चैत्र २०७९, सोमबार ०६:५३

साउदी अरबका विभिन्न कारागार ९जेल०मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रहसमेत गरेको हो ।

दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका आफ्ना श्रमिकलाई आग्रह गरेको छ । साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देशमा पर्छ तर यहाँको कानुन कडा छ । नियम कानुनका बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदी अरबमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*