विश्व विजेता इंग्ल्यान्डविरुद्ध बंगलादेशको क्लिन स्विप

जनपत्र
१ चैत्र २०७९, बुधबार ०६:४०

घरेलु टोली बंगलादेशले इंग्ल्यान्डविरुद्धको तीन खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ। मिरपुरमा भएको अन्तिम टी–२० मा बंगलादेशले विश्व विजेतामाथि १६ रनको रोमाञ्चक जित निकाल्दै सिरिज ३–० ले कब्जा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १४२ रन मात्रै जोड्न सफल भएपछि बंगलादेशले इंग्ल्यान्डलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो। उसका लागि ओपनर लिटन दासले ७३ रन बनाए। त्यस्तै नजमुल होसेइन सान्टोले ४७ रनमा अविजित रहँदा अर्का ओपनर रोनी तलुकदारले २४ रन बनाएका थिए। आदिल रसिद र क्रिस जोर्डनले १–१ विकेट लिएका थिए।

जवाफमा पहिलो बलमा नै ओपनर फिल साल्ट आउट भए पनि दोस्रो विकेटका लागि डेभिड मलान र कप्तान जोस बटलरले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए। तर मध्यक्रमले गतिलो इनिङ खेल्न नसक्दा इंग्ल्यान्ड लगातार तेस्रो खेलमा पराजित भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*