क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठजनाको मृत्यु

जनपत्र
२९ फाल्गुन २०७९, सोमबार ०७:१३

क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठजनाको मृत्यु भएको बीबीसीले जनाएको हो।

सान डिएगोको ब्ल्याक्स बीचमा डुंगा समस्यामा परेपछि खोजी सुरु गरिएको थियो। डुंगा दुर्घटनापछि एक महिलाले क्यालिफोर्नियाको आपतकालीन सेवामा फोन मार्फत आठ देखि १० जना सवार डुंगा पल्टिएको जानकारी गराएकी थिइन्। लगत्तै घटनास्थल पुगेका उद्धारकर्ताले आठ जनाको शव सहित पल्टिएका दुई डुंगा फेला पारेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उद्धारकर्ताले कुनै जीवित व्यक्ति फेला पारेनन्। तर केहीले आपतकालीन सेवाहरू आइपुग्नु अघि समुद्र तट छोडेका हुन सक्ने अनुमान गरिएको छ। अधिकारीहरूले मृतकको राष्ट्रियता थाहा नभएको तर तिनीहरू सबै वयस्क भएको बताएका छन्।

स्यान डिएगो कोस्ट गार्डका सेक्टर कमाण्डर जेम्स स्पिटलरले संयुक्त राज्य अमेरिकामा मानिसहरूको तस्करी गर्ने अन्तर्राष्ट्रिय आपराधिक संगठनको प्रयास भएको बताएका छन्। सान डिएगो अमेरिका र मेक्सिकोको सीमाना नजिक पर्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*