चिनियाँ पर्यटक अब ४० देशमा जान पाउने, नेपाल पनि समावेश

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार ०७:३८

अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका छन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपालसहित थप ४० देशमा चिनियाँ नागरिक पर्यटकका रूपमा जान पाउने व्यवस्था गरेपछि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका हुन् ।

अब चिनियाँ नागरिक नेपाल, ब्रुनई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, युगान्डा, जाम्बिया, फ्रान्स, ब्राजिलसहित ४० देशमा पर्यटकका रूपमा जान पाउनेछन् ।

चीनले कोरोना भाइरसको जोखिमका कारण आफ्ना नागरिकलाई पर्यटकका रूपमा बाहिर जान प्रतिबन्धन लगाउँदै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*