स्पेन पठाउने भन्दै आफ्नै मान्छेसँग २० लाख लिएर फरार, ६ जनाले दिए श्रममा उजुरी

स्पेन पठाउने भन्दै एउटै परिवार भत्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले ६ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् । आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका एक युवा फरार भएका हुन् ।
विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर फरार भएका हुन् । उनी एक वर्षदेखि सम्पर्कविहीन भएका छन् । गैलीविरुद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।