आँचल अध्यक्ष तिम्सिनाको निधन, मकवानपुरे साहित्यमा क्षति

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:५७

हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उहाँको निधन भएसंगै मकवानपुरको साहित्य क्षेत्रमा ठुलो क्षती भएको छ । लामो समय देखि साहित्य क्षेत्रमा लाग्नु भएका अप्सराले साहित्य क्षत्रमा किताव समेत प्रकासित गर्नुभएको छ ।

मकवानपुरको महिला साहित्यलाई अगाडी बढाउनका लागि उहाँले निकै प्रयास समेत गर्नुभएको छ । उहाँको चितवनमा उपचार गराईरहेको उनको गएराती निधन भएको हो । पेट दुखेका कारण हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका लागि सनिवार लगिएको थियो । त्यहाँ सामान्य उपचारपछी भरतपुरमा उपचारको क्रममा मृत्यु भएको उहाँका समकक्षी सुभद्रा हुमागाईले बताउनुभयो ।

२०३२ सालमा जन्मिएकी उहाँ मकवानपुरे साहित्यमा चर्चित अनुहार समेत हो । एक हप्ता अघि घरको बाथरुममा लडेर समान्य घाईते हुनुभएकी अप्सरालाई जरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्या भएपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

मकवानपुरको लोकप्रिय साहित्यक सस्थाको रुपमा रहेको साहित्य संगम मकवानपुरको पूर्ब उपाध्यक्ष समेत रहनुभएको कथा तथा कविता संग्रह गरि दुईवटा पुस्तक समेत उहाँको प्रकाशित भएको छ ।
उहाँको निधन पत्याउनै नसकिने घटना भएको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताउनुभयो । उहाँको निधनले मकवानपुरे साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको उनको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*