उडान अवतरण सामान्य हुँदै

जनपत्र
१९ फाल्गुन २०७९, शुक्रबार १२:४२

काठमाण्डाै – भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ ।

बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो । अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यसपालि  पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*