अनुगमन हुने भएपछि भक्तपुर–नगरकोट सडकको खाल्डाखुल्डी रातारात पुरियो

गरकोट-भक्तपुरको भत्केको पाटी हुँदैं पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण सम्पन्न भएको छैन् । आइतबार संसदको विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गर्ने भएपछि सडक निर्माणको ठेक्का पाएको कंस्ट्रक्सनले रातारात सडकको खाल्डाखुल्डी पु¥यो ।
सडक अनुगमनका क्रममा समयमै वाटो निमार्ण कार्य सम्पन्न नहुँदा हिलो र धुलोले सास्ती खेप्नु परेको भन्दै स्थानीयहरु आक्रोशित छन् । निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको छ ।
कन्स्ट्रक्सनले बनाएका सडक निमार्ण कार्य समयमै नसकेपछि भक्तपुरबाट नगरकोट जाने सडकको आइतबार संसदको विकास तथा प्रविधि समिति स्थलगत कार्य अनुगमन ग¥यो । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको समितीका सदस्यहरु, भक्तपुरका सांसद, स्थानिय जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय बासिन्दाले सडकको स्थलगत अनुगमन गरेका हुन् ।