भारतले धौलीगंगाको बाँध पुनः खोल्दै, सतर्क रहन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुन खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार राति १२ बजे खोलिने भएको छ ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार साउन १३ गते राति १२ बजेदेखि १४ गते बेलुकी ६ः४५ बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।
सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात् नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।