भीसीटीएसमा उत्साह: २० हजार व्यवसायीले लिए सेवा, ५५ हजार दर्ता

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:१०

नेपालभित्र ढुवानी हुने मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) प्रभावकारी बन्दै गएको छ । केही उद्योगी व्यापारीले यसको विरोध गरे पनि अहिलेसम्म झण्डै २० हजार उद्योगी व्यवसायी तथा गाडीले भीसीटीएस प्रयोग गरेर मालवस्तु ढुवानी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

साउन १ गतेदेखि लागू भएको यो प्रणालीमा आइतबार बिहानसम्म झण्डै २० हजार उद्योगी व्यापारीले सेवा लिइसकेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले  दिएको जानकारी अनुसार ६ हजार ७ सय ५९ व्यापारी, ६ हजार १ सय  ६८ उद्योगी र ३ हजार १ सय ७० आयातकर्ताले भीसीटीएस प्रयोगको लागि युजर आइडी र पासवर्ड लिएका छन् ।

यस्तै १४ सय ५४ होलसेलर, ७ सय ६३ ट्रान्सपोर्ट, ६ सय ५ भन्सार एजेण्ट र अरु ५ सयले पनि भीसीटीएस प्रयोगको लागि युजर आइडी र पासवर्ड लिएका छन् । युजर नेम र पासवर्ड लिएका धेरैजसोले ढुवानी सुरु गरेको पनि महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*