अब काठमाण्डौमा बिजुली बस

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:०८

काठमाण्डौ उपत्यकामा अब छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

यो कम्पनीले चीनबाट विद्युतीय बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोवाइल कम्पनीसँग सम्झौता गरिसकेको छ । अब साउनभित्र नै चीनको बीएके ब्राण्डका विद्युतीय बसहरु गुड्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले उज्यालोलाई भन्नुभयो ।

थापाका अनुसार दुई ओटा विद्युतीय बस चीनबाट नेपालतर्फ छुटिसकेका छन् । काठमाण्डौका सडकमा गुडिरहेका बसभन्दा फरक र नेपालको सडक सुहाउँदो बिजुली बस ल्याउन लागिएको अध्यक्ष थापाले बताउनु भयो ।

सुन्दर यातायात प्रालिले यो वर्ष झण्डै २५ ओटा बिजुली बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसका लागि ११ वटा विद्युतीय बसको सम्झौता भैसकेको र बाँकी बसका लागि पनि प्रक्रिया शुरु भैसकेको सुन्दर यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*