प्रदेश ३ का मुख्य न्यायधिबक्ता थपलियाको हेटौंडामा सपथ
हेटौंडा । प्रदेश नम्बर ३ को मुख्य न्यायधिबक्तामा नियुक्त हुनु भएका ओमप्रसाद थपलियाले आज सपथ लिनु भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितीमा उच्च अदालत पाटनका मुख्य न्यायधिश कुमार चुडालले थपलियालाई सपथ खुवाउनुभएको हो ।
सपथ कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आन्तरिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमि व्यावस्था कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगनाथ थपलिया, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, प्रदेश मन्त्रालयका सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रदेश र जिल्ला स्तरका कार्यालयका प्रमुखहरु ल्गायतकाको उपस्थिती रहेको थियो ।
रिक्त रहेको मूख्यन्यायधिबक्ता पदमा आजबाट पूर्ण भएको हो । मुख्यन्यायधिबक्तामा आजबाट काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ कलंकी निवासी थपलियाले सपथ लिएसंगै प्रदेशको कानूनी क्षेत्रमा काम गर्नका लागि उहाँलाई बाटो खुलेको हो ।
गत बिहीबार मुख्यन्यायधिबक्तामा सिफारिस हुनुभएका थपलीयालाई आज सपथ ग्रहण गराइएको हो । मुख्य न्यायधिबक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संबैधानिक व्यावस्था छ । २०४४ साल देखिनै अभिवक्ताबाट कानुनी क्षेत्रमा लाग्नुभएका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा ओकालत पेसामा आवद्ध हुनुहुन्छ । २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता हुनु भयो ।
नुवाकोट जिल्लाको तत्कालिन मदनपुर गाविसमा जन्मनु भएका थपलिया बषौदेखि काठमाण्डौको वासिन्दा हुनुहुन्छ । उहाँले राजनीति शास्त्रमा एमए र कानुन बिषयमा एलएलएम गनु भएको छ । तत्कालिन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गर्नुभएका थपलिया पार्टी भित्र रहेर कानुनी क्षेत्रको काम गर्दै आउनुभएको थियो ।
पार्टीमा लामो समय देखि काम गर्दै आएपनि महत्वपूर्ण भुमिकामा भने अनुशासन आयोगमा मात्र काम गर्नुभयो ।तत्कालिन मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजिनामा दिएपछी यो पद खाली थियो । मुख्यन्यायधिवक्ताको दौडधुपमा हेटौंडाका कानुन व्यावसायीहरु निरन्तर लागिपरेपनि उनीहरुप्रति मुख्यमन्त्री पौडेल सकारात्मक हुन नसकेपछी थपलियालाई सिफारिस गरिएको हो ।