विषालु च्याउ खाँदा रुपन्देहीमा १६ बिरामी

जनपत्र
११ श्रावण २०७६, शनिबार ०७:११

रुपन्देहीमा विषालु च्याउ खाँदा १६ जना सिकिस्त बिरामी परेका छन् । रोहिणी १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवाका दुई परिवारका १६ जना बिरामी परेका हुन् । उनीहरू सबैजना बिहीबार साँझ मात्र अस्पतालमा भर्ना भएका हुन् । सोही क्षेत्रमा उम्रिएको च्याउ खाँदा बिरामी भएपछि उनीहरूको भैरहवास्थित भीम अस्पतालमा उपचारत भइरहेको छ ।
रोहिणी गापा १ चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका ७ जना बिरामी परेको परिवारका सदस्य बाले लोहारले बताए । त्यस्तै सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका ९ जना बिरामी परेको परिवारका सदस्य रामकेश हरिजनले बताए ।
केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका थिए । अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको उपचार भइरहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिए ।
वर्षायाम सुरु भएसँगै च्याउ उम्रिने गरेको र चेतनाको अभावमा त्यस्तो च्याउ खाँदा सर्वसाधारण बिरामी पर्ने गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*